काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्री लंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्री लंकालाई ६ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्री लंकाले १९.१ ओभरमा अल आउट हुदै...
आजमिति २०८१ साल जेठ २२ गते मंगलवार तदअनुसार जुन ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको त्रयोदशी तिथी, भरणी नक्षत्र, । सोभन योग । चन्द्र राशि मेष । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:३०सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९
• सुर्यास्त: बेलुका ०६:५६ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष...
विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ। सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं अधिवेशनको चौथो बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममार्फत प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा गरी ‘शान्ति, समानता र सुशासनसहितको समृद्ध प्रदेश’ निर्माण गर्ने लक्ष्यका साथ दोस्रो आवधिक योजना तर्जुमा गरी...
काठमाडौँ । फेब्रुअरी २०२४ मा, म्यानमारले १४ वर्षको लागि निलम्बित पुरानो कानून पुन: लागू गर्यो । यस ऐनमा ३५ वर्ष मुनिका पुरुष र २७ वर्ष मुनिका महिलाले कम्तीमा दुई वर्ष सेनामा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ । यो अनिवार्य भर्तीबाट जोगिन खोज्नेलाई जेल सजाय हुन सक्छ । यसको उद्देश्य सेनामा ६० हजार नयाँ सिपाही भर्ना गर्नु हो किनभने म्यानमारको...
काठमाडौँ । व्यवसायी एवं लगानीकर्ता हाल्ला टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
५५ वर्षीय टोमसदोत्तिरले ३४.३ प्रतिशत मत ल्याएर पूर्वप्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरलाई पराजित गरेको अल जजिराले उल्लेख गरेको छ । उनले २५.२ प्रतिशत मत प्राप्त गरेका थिए । आइसल्याण्डका राष्ट्रपतिले संविधान र राष्ट्रिय एकताको ग्यारेन्टरको रूपमा काम गर्दै संसदीय गणतन्त्रमा ठूलो मात्रामा औपचारिक पद धारण गर्दछ । यद्यपि उनीसँग...
काठमाडौँ । माल्दिभ्सले इजरायलका नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।
राष्ट्रपति मोहम्मद मुइज्जुले इजरायली राहदानी भएकाहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । गाजामा भएको आक्रमणको विरोधमा माल्दिभ्सले इजरायली नागरिकमाथि प्रतिबन्ध लगाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर, यो नयाँ ऐन कहिलेदेखि लागू हुने भन्नेबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको छैन ।
सोही क्रममा राष्ट्रपतिले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न पैसा सङ्कलन गर्न सकिने ‘माल्दिभ्स इन...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा : अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित...
राजनीति
ओलीलाई बालेनको चेतावनी- गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला !
Himal Times -
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पिडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् ।
उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर...
काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी शुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा जित हासिल गरेको छ ।
ओमानले दिएको केवल ११० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउदै १०९ रन बनाएर बराबरी गरेपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो ।
सुपर ओभरमा नामिबियाले २२ रनको लक्ष्य दिएको थियो भने ओमानले एक विकेट...
काठमाडौँ । साउदी अरेबियाको यो निर्णयलाई लगानीकर्ता लामो समयदेखि पर्खिरहेका थिए । आइतबार साउदी अरेबियाले विश्वका शीर्ष पाँच कम्पनीमध्येको एक ‘आरामको’ मा आफ्नो थप सेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ ।
कम्पनीले स्टक एक्सचेन्जमा एक अर्बभन्दा बढीको शेयर बिक्रीका लागि प्रस्ताव गरेको छ । तिनीहरूको मूल्य लगभग १० बिलियन डलर बराबर छ । कम्पनीले दिएको जानकारी अनुसार यस अफरमा...
















