Home Blog Page 869
वीरगन्ज- वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ। वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो। घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका...
काठमाडौँ । युनिसेफले हालै दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर गरिरहेको जनाएको छ । भारतको राजधानी दिल्लीलगायत देशका उत्तरी राज्यहरूमा तापक्रम ४३ देखि ४७ डिग्री सेल्सियस पुगेको छ । देशमा गर्मीको चेतावनी जारी गरिएको छ । पाकिस्तानको मौसम विभागले पनि २३ देखि २७ मेसम्म कडा गर्मीको लहर जारी रहने चेतावनी दिएको थियो । पाकिस्तानी प्रान्त पञ्जाबमा २५...
काठमाडौँ । टाइटानिक जहाजको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी समुन्द्रमा विस्फोट भएको ११ महिनापछि अब अर्का अमेरिकी अर्बपतिले पनि त्यस्तै गर्न लागेका छन् । अमेरिकी रियल इस्टेट अर्बपति ल्यारी कोनर यस यात्रामा ट्राइटन सबमरिनर्सका सह-संस्थापक प्याट्रिक लाहेसँग हुनेछन् । यसका लागि कोनरले ट्रिटन ४०००/२ एक्सप्लोरर नामको पनडुब्बी जहाज डिजाइन गरेको छ । यसको मूल्य २६५  करोड रुपैयाँ छ । यो...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले  सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए । ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गरेका हुन् । विश्वव्यापी...
काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको छ। विगत केही दिनयता तराईका जिल्लामा तातो हावा चलिरहेको थियो। यो क्रम अब जेठ १८ गतेसम्म जारी रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ। यो...
काठमाडौँ । सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ । कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ । यस विस्तार याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नरहेको जनाएको छ । केजरीवालले आफ्नो स्वास्थ्यको कारण देखाउदै आफ्नो अन्तरिम जमानत...
काठमाडौँ । उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीसम्म रेकर्ड गरेका छन् । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ । राजधानी दिल्लीमा यो...
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले बजेट ल्याउदा आफु दबाबमा रहेको बताएका छन् । बुधबार बजेट बारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले यस अघिका प्रक्षेपणहरु पुरा नहुदा आफु बजेट बनाउनेक्रममा दबाबमा रहेको बताएका हुन् । उनले बजेट बारे जानकारी दिदै युवाहरुलाई विदेश पठाउन रोक्न, देश भित्रका अवसर नखोजेर सजिलै विदेश जान खोज्ने प्रवृतिलाई रोक्न बजेटले प्रयास गरेको बताए । आफुहरु कुनै व्यक्ति...
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए । “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री...
काठमाडौ । नेपालको सम्पूर्ण परामर्शदात्री निकायहरूको साझा संस्था स्काफका अध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्माले नेपालका विकाश आयोजना ढिलाई हुनुका रहस्यहरु खोलेका छन् । ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजका अन्तिम वर्षका विद्यार्थीहरूसँग अन्तरकृया कार्यक्रममा यसबारे आफनो अनुभब सुनाएका हुन् । पढाई सकिएपछि कर्मक्षेत्रमा सफल हुन के कस्ता सिपहरू सिकेर जानुपर्दछ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो । लगभग ७० जना विद्यार्थीहरू र कलेजका...
- Advertisement -

POPULAR POSTS