Home Blog Page 871
काठमाडौँ । नेपाल उद्योग संघका अध्यक्ष चन्द्र ढकालले बजेट आफैमा नराम्रो नहुने भन्दै कार्यन्वयन हुनुपर्ने जोड दिएका छन् । अर्थमन्त्री बर्षमान पुनले बजेट सार्बजनिक गरेपछि संसद परिसरमा प्रतिक्रिया दिदै अध्यक्ष ढकालले बजेटमा आउने कार्यक्रम भन्दा पनि त्यसको कार्यान्वयन र स्रतो व्यवस्थापन महत्वपूर्ण विषय भएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात...
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ मा गृह मन्त्रालयमा सरकारले १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री पुनले सरकारले अमनचयन कायम गर्दै सुरक्षाको प्रत्याभूति गर्ने बताए । उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगलाई संस्थागत सुदृढीकरण गरी दक्ष एंव व्यावसायिक बनाइने बताए । उनले भने,‘सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेरको अवलोकन गर्न अध्ययन गरिनेछ...
काठमाडौं- वर्तमान शासन व्यवस्थालाई फालेर राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। मंगलबार काठमाडौंमा आम जनता पार्टी (आजपा) ले ‘गणतन्त्र कस्को, दलको कि जनताको?’ विषयक सर्वपक्षीय अन्तरक्रियामा बोल्ने वक्ताहरूले तेस्रो जनाआन्दोलन् गरेर भए पनि यो व्यवस्था बदल्नुपर्ने बताएका छन्। कार्यक्रममा आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले ठूलो बलिदानीबाट प्राप्त गणतन्त्र मुट्ठीभरको स्वार्थमा सीमित भएकोले यसको विकल्प खोज्न जरुरी भएको बताए। अहिले...
सञ्जय मिश्रा रौतहट- रौतहटको राजपुर नगरपालिकामा नेपाली कांग्रेसले बृहत् जनसभा गरेको छ। उक्त सभामा नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलामाथि प्रश्न चिन्ह उठाएको छ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई राजपुर बम बिस्फोट मुद्दामा आरोपी बनाएर ‘बिनाप्रमाण’ जन्मकैदको फैसला सुनाएको भन्दै त्यो न्यायोचित नभएको जनसभाले ठहर गरेको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले मंगलबार आयोजना गरेको बृहत् जनसभामा उपस्थित कांग्रेसी...
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने बताएकी छिन् । एक्स–पोज नेपालले दशौं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा मंगलबार राजधानीमा गरेको साइकल यालीसहितको कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने भएकाले राज्यले विदाको व्यवस्था गर्न पहल गर्ने बताइन् । महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेको गैरसरकारी...
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज आउन लागेको बजेटका विषयमा छलफल गर्न आज बिहान ११ बजे कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको छ । हाल सरकार संसदीय छानबिन...
काठमाडौँ । यस सिजनमा तीन क्लब लेस्टर सिटी आइपीएस टाउन र साउथहम्पटन प्रिमियर लिगमा फर्किएका छन् । गएराती सम्पन्न प्लेअफको फाइनलमा साउथहम्पटनले लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै साउथहम्पटन प्रिमियर लिगमा फर्किएको हो । साउथहम्पटन अघिल्लो सिजनमा पुछारमा रहदै रेलिगेसनमा परेको थियो । त्यसै गरि यस सिजनको च्याम्पियनसिपमा शिर्ष स्थानमा रहदै लेस्टर सिटी प्रिमियर लिगमा फर्किएको छ । लेस्टर सिटीले...
काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम आन्शिक बदली रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित...
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् । स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । बजेटमा केहि लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन् । सरकारले खासै ठोस कार्यक्रम...
- Advertisement -

POPULAR POSTS