काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ ।
हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम आन्शिक बदली रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित...
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् ।
स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।
बजेटमा केहि लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन् । सरकारले खासै ठोस कार्यक्रम...
गोरखा । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा जेठ १३ गते बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।
यससँगै चीनतर्फ बिओपीको संख्या १० वटा पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ ।
नेपाल...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मनोनयन भएका सदस्य :
१. दुधकुमारी हमाल, डोल्पा
२. डा. साझना खातुन, रौतहट
३. स्मारिका विष्ट, काठमाण्डौ
४. उत्तम सिंखडा,...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्।
सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन् ।
उनले लेखेका छन्- ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’
बलात्कार मुद्धामा पाटन उच्च...
काठमाडौँ । पर्यटन बिभागले आरोही निर्मल पुर्जाले सगरमाथा आरोहणका लागि टाँगीएको डोरी काटिएको भन्ने गलत जानकारी दिएको भन्दै खण्डन गरेको छ ।
पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगीएका सबै डोरीमा कुनै समस्या नरहेको दाबि गरिएको छ ।
पुर्जाले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै आफ्नो टोलि आरोहण गर्न...
काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित फिल्म 'सतीदेवी' को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ ।
यसैगरी पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका वली र मन्जिला बाँनियालाई समेत फिचर गरिएको छ। उनीहरुलाई रोइरहेको देख्नसकिन्छ।
यसअघि फर्स्टलुकमा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले...
काठमाडौं । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ ।
सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो ।
सर्वोच्चका न्यायाधीशद्धय सुनिलकुमार पोखरेल र कुमार रेग्मीको संयुक्त इजलासले अधिकारीले लिएको विश्वासको मत बदर गर्दै रिट निवेदनकर्ता नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज...
काठमाडौँ । नयाँ सडक (न्यूरोड_क्षेत्रमा पहिले सवारी पार्किङ् गर्ने गरिएको भागबाट पार्किङ् प्रयोजन हटाएपछि त्यो भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको काठमाडौँ महानगरले सार्वजनिक निर्माण विभागले जानकारी दिएको छ ।
भित्री सहरी क्षेत्रको व्यवस्थापन महानगरपालिका आफैँले गरिरहेको छ । नयाँ सडकको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो । पैदलयात्रीको सुरक्षाका लागि बार महानगरपालिकाले...
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भैइरहेको छ ।
यसअघि आइतबार सुन तोलामा १ लाख ३६ हजार ९०० सय र तेजाबी सुनको मूल्य तोलामा १...
















