काठमाडौँ । यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ ।
बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ ।
गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ ।
नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप...
अन्तराष्ट्रिय
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
Himal Times -
काठमाडौँ । राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ । उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन् ।
नेतिपर्ण सानेसाङ्खोमलाई 'थालुबाङ्' भनेर पनि चिनिन्छ। मंगलबार नेतिपर्णको मुटुले अचानक काम गर्न छोडेको अधिकारीहरुले बताएका छन् ।
नेतिपर्ण २६ जनवरीदेखि हिरासतमा थिइन् । उनीविरुद्ध सातवटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुईवटा घटना राजतन्त्रको...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ । गएराती सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो ।
विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालका लागी ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्र सिंह ऐरीले २५ बलमा अविजित ५२ रन बनाएका थिए । त्यस्तै सोमपाल...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज हुदै छ ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाई वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो ।
यस मुद्धाको पेसी आजको लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्धाको फैसला पनि आजै आउनसक्ने बताइएको छ ।
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ ।
(राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको...
काठमाडौँ । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह फ्रान्स प्रस्थान गरेका छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा मंगलबार बिहान २ः१५ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बालेनसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् ।
उनीहरुलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय...
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् ।
त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना विगार्नु हुँदैन ।’ उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने...
काठमाडौं । स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनलाई ‘स्ट्रिप च्याट’मा प्रयोग गरेका ल्यापटप, मोबाइल, वेब क्यामेरा र पारदर्शी कपडासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी...
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरेका थिए ।
सो अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू प्रधानमन्त्रीको मनोनयन कार्यक्रममा उपस्थित रहेका थिए...
काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीवी राईको पासपोर्ट रद्ध गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाले राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्ध गर्न भनेको हो ।
यसअघि प्रहरीले इन्टरपोल शाखामार्फत राईलाई नेपाल झिकाउन रेड नोटिस जारी भएको थियो । उनी हाल मलेसिया रहेको र...

















