Home Blog Page 901
काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व 'जसपा'ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्। पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन्। केन्द्रीय अध्यक्षमा अशोक राई रहने पार्टी संरचना रहेको छ। केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रयाशिल हुने बताइएको छ। पार्टीको सहअध्यक्षमा रेणु...
काठमाडौं  । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा मनसरा यतिवेला देश तथा विदेशका हलहरूमा दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित प्रदर्शन भइरहेको छ। सिनेमाले देश तथा विदेशमा राम्रो व्यापार गरिरहँदा सिनेमाको निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छायाङ्कनमा परेका पात्रलाई प्रोत्सान गरिरहेको छ। गत बुधबार आयोजित सिनेमाको प्रिमियर शोमा लामो समयदेखि सिनेमाको पर्दा पछाडी रहेर काम गरिरहेका २ जना प्राविधिकलाई नगद राषिसहित सम्मान गरेको...
काठमाडौं  । काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको छ। सख्वाँ डेरीमा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो । पम्पबाट पानी तान्ने क्रममा विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले...
मकवानपुर  । मकवानपुरको विकट मानिने राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ७ मा बस्दै आएकी ज्येष्ठ नागरिक माजनी प्रजाले १ सय ३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईको नेतृत्वमा गएको टोलीले प्रजाको घरमै पुगी नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो। प्रमुख जिल्ला अधिकारी सेडाईले विभिन्न कारणले नागरिकता नपाएका नागरिकलाई स्थलगत अध्ययन गरी...
काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्र मन्त्री कामीकावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेट गरेका छन्। शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सजन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका सन्दर्भमा अत्यन्त गम्भिर भइदिन आग्रह गरेको राष्ट्रपति...
काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार एक दिने नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री योकोसँग दुई पक्षीय हितका बारेमा छलफल भएको बताइएको छ। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै...
काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको...
धनगढी । धनगढीमा साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट भारतको लखिमपुर खिरीका २३ वर्षीय आयुष गप्ता भन्सार छलीका मोबाइलसहित पक्राउ परेका हुन्। कैलाली प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा सरल सिंहको घरको कोठाबाट पाँच लाख ३२  हजार आठ सय १० का मोबाइलसहित गुप्तालाई पक्राउ गरिएको हो। प्रहरी सहायक निरिक्षक गजेन्द्रबहादुर चन्दको टोलीले सामसुङ कम्पनीका...
काठमाडौं  । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए। दुर्घटनामा परेर अरू ३ जना घाइते भएकोमा उनीहरूको ट्रमा सन्टरमा उपचार भइरहेको छ।...
काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेकी जापानकी विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको हो । भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबीचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको बताए । जापानी विदेशमन्त्री खामिखावाको औपचारिक...
- Advertisement -

POPULAR POSTS