काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।
उनीहरुले भारतीय कम्पनि एयरटेल, टाटा लगायतका कम्पनिलाई ब्याण्डविथ वापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको बताइएको छ । यसबाट नेपालका करिब ८० लाख भन्दा बढी...
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका...
आजमिति २०८० साल वैशाख २० गते गुरुवार तदअनुसार मे २ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष नवमी तिथी, धनीष्ठा नक्षत्र, । सुक्ल योग छ । चन्द्र राशि मकर । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२४
• सुर्यास्त: बेलुका ०६:३८ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ...
पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान बस्नेहरू २२ वर्षीय अनक राई, ३२ वर्षीय अविजल थापा तथा २२ वर्षीय मोहन राई र भोजपुर आमचोक बस्ने २२ वर्षीय विशन राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय...
काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन् ।
प्रहरीले सलमान खानको घरबाहिर गोली हान्ने चार जना विक्की गुप्ता, सागर पाल, सोनुकुमार चन्दर...
रौतहट । राैतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन ।
करिब दुई महिना आगाडी देखि लाल बकैया नदि सुकेका छन । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेका थिए । त्यस पछि लागातार तापक्रम दैनिक वढोतरी हुँदै आएका छन । हिजो ( मंगलबार ) राैतहटकोअधिकतम तापक्रम ४४...
मुम्बई । बलिउड अभिनेत्री मनिषा कोइराला लामो समयपछि पर्दामा कमब्याक गर्दैछिन् ।
सञ्जय लीला भन्सालीद्वारा निर्देशित उनको बहुप्रतिक्षित शृङ्खला ‘हिरामाण्डीः द डायमण्ड बजार’ आज ओटिटी प्लेटफर्ममा रिलिज भएको छ।
यसअघि एक अन्तर्वार्तामा नायिकाले नेपाली व्यवसायी सम्राट दाहालसँग सम्बन्ध विच्छेद र क्यान्सर रोग लागेको लगायतका धेरै उतारचढावका बारेमा खुलेर कुरा गरेकी छिन् ।
जूम टिभीसँगको अन्तर्वार्तामा मनिषा कोइरालाले भनिन्, ‘केही मानिस भाग्यमानी हुन्छन्,...
रोचक दुनियाँ
पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा
Himal Times -
नयाँदिल्ली । भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ ।
एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको छ । हुबल्लीमा जेडीएस कोर कमिटीको बैठक बस्दैछ, जसमा प्रज्वल रेवन्नालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्न सक्छ ।
यहाँ विशेष अनुसन्धान टोलीले कारबाही थालेको छ ।...
काठमाडौं, १९ बैशाख । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको थियो ।
कोभिडको विश्वब्यापी महामारीबाट जोगाउन धेरै देशका सरकारहरूले हतारमा जनताका लागि भ्याक्सिनको व्यवस्था गरेका थिए ।
विश्वका धेरै कम्पनीहरूले कोभिड भ्याक्सिन बनाएका थिए। ती मध्ये एक कम्पनी एस्ट्राजेने थियो। कोभिशिल्ड नामक कोरोना भ्याक्सिन निर्माण गर्ने एस्ट्राजेनेकाले आफूले बनाएको खोपले मानिसमा केही साइड इफेक्ट हुन सक्ने स्वीकार गरेको छ...

















