काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ ।
शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएको हो ।
यो मुद्दामा अदालतले झगडिया झिकाउन आदेश दिएपछि मुद्दा पुनरावलोकनको प्रक्रिया शुरु भएको छ । मुद्दाको अर्को पेशी ३ वैशाखका लागि तोकिएको छ ।
धनगढी । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता भएको छ ।
नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन् ।
कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, झलारीमा उनी विरुद्ध मङ्गलवार उजुरी दर्ता भएको हो । प्रहरी पक्राउ पुर्जी जारी गरेर अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।
चितवन । रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
व्यापारी श्रेष्ठको २०६५ सालको बैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी...
मलेसिया । नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको क्षेत्रीय समिति जोहोरको अधिवेशन ११ अप्रिल एनआरएन जोहोरको सभाहलमा हुने भएको छ। पुरानो समितिलाई भङ्ग गर्दै अर्जुन सिंह अनुरागिको संयोजकत्वमा १३ सदस्यीय अधिवेशन संयोजक समिति गठन गरिएको हो। समितिका प्रमुख सल्लाहकार टुकेन्द्र लिम्बुको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको मञ्चले प्रेस बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ।
प्रवासमा रहेका नेपाली श्रमिक माझ लोकप्रिय श्रमिक...
काठमाडौंँ । फ्रान्सेली रेल निर्माता कम्पनी अल्स्टमले बेलायतको सबैभन्दा ठूलो रेल कारखानाका सयौं कर्मचारीलाई हटाउने तयारी गरेको छ ।
डेली टेलिग्राफ पत्रिकाले अल्स्टमको डर्बीस्थित ‘सेन्ट्रल इङ्ल्यान्ड प्लान्ट’मा उपनगरीय रेल स्टकका लागि नयाँ सम्झौताका लागि रोकिएको सरकारी वार्ताको प्रभावका कारण रोजगारी कटौती हुने जनाएको छ ।
‘द टेलिग्राफ’ ले स्रोतलाई उद्धृत नगरिकन लेखेको समाचारमा बेलायतको लामो योजनापछि आउने अपेक्षा गरिएको नयाँ उच्च...
काठमाडौ, चैत २३ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ झिनो परिवर्तन आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २१ पैसा र...
काठमाडौ, चैत २३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला १२०, नेपाली मेवा ८० चुकुन्दर ५० आभोकाडो ६०० रुपैयाँ र स्ट्रबेरी भुईऐसेलु ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो...
काठमाडौँ । भारतमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।
फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समय अनुसार २: ४५ बजेदेखि यो खेल शुरु हुदै छ ।
यस फ्रेन्डसिप कपमा नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एसोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ ।...
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावलाई शशांक सिंहले २९ बलमा अविजित ६१ रनको पारी खेलेर जित दिलाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको...
काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुने छ ।
नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।
यो जितपछि आयरल्याण्ड वोल्भ्स सिरिजमा १-० ले अगाडी रहेको छ । त्यस्तै...

















