Flash News
महासंघले सडकमै छोडेर टापकसेपछि राहत शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने
BIPEN Ulange -0
काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । शिक्षक महासंघ राहत शिक्षकहरुलाइ सडकमै छोेडर टाप कसेपछि पनि उनीहरू निरन्तर आन्दोलनमै छन् ।
हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् ।
राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका...
बेइजिङ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए।
त्यसपछि नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता भएको...
काठमाडौँ । एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।
नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिष्पर्धा गर्नेछ ।
नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान...
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गरे । तर यसपटक भने उनको स्याउ बगान रित्तै छ ।
गत चैत र वैशाखमा परेको असिनाका कारण उनको स्याउ...
काठमाडौं । मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दुई महिना (साउन भदौ ) मा करिब १८ अर्ब रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार भदौमा पाँच अर्ब ८८ करोड ८५ लाख रूपैयाँ र साउनमा करिब ११ अर्ब ९६ करोड रूपैयाँ...
भादगाउँ । मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् ।
येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित भेलामा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको दर्शन गरी मध्यपुर थिमि फर्कने जानकारी दिएका हुन् । बालकरामले दोस्रो पटक जिब्रो छेड्न लागेका हुन् । उनले यसअघि विसं...
काठमाडौँ । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ ।
सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा जनताको जिज्ञाशा समाधान गर्न उक्त सेवा...
ओटावा । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ ।
विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै...
राँझा । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ ।
भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्तालाई आवागमनमा सहजताका लागि विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।
“अहिले भारततिर जाने र आउने सर्वसाधारणले जमुनाहमा भीडभाड...
काठमाडौं । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका शिक्षकहरूले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर सम्म मार्च पास गरेका छन्।
मार्चपासपछि भने शिक्षकहरु वानेश्वर चोकदेखि माईतिघरसम्म छरिएर यत्रतत्र बसेका छन् । एकप्रकारले अलमल जस्तै देखिएका शिक्षकहरुले नेतृत्व कुरिरहेका जस्ता देखिन्छन् ।
शिक्षकको आन्दोलनको क्रममा बानेश्वर चोकदेखि थापाथली चोकसम्मको सडक भने पुर्णरुपमा अवरुद्ध रहेको छ ।
बुधबार देशभरिका विद्यालय बन्द...
















