![](http://himaltimes.com/wp-content/uploads/2020/03/balatkar-garne-pakrau-1.jpg)
गोर्खा । जबर्जस्ती करणीको आरोपमा गोरखा पालुङटारका एक जना वडाध्यक्ष पक्राउ परेका छन्।
पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उनले बताए।
‘पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ’ उनले भने।
पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ।
वडाध्यक्ष रानाभाट तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए। उनी आवद्ध जनता समाजवादी पार्टीले छानविनलाई सघाउन भन्दै उनलाई निलम्बन गरिसकेको छ। (रासस)