काठमाडौ । सरकारले कोरोना संक्रमणको शंकास्पद बिरामीको खोजपडताल लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकाको १५ अस्पताल तोकेको छ ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल लगायत सम्पुर्ण हब अस्पतालहरु , कोभिड क्लनिक अस्पतालहरु , कोभिड अस्पताल लेभल १ , २ , ३ अस्पतालहरुलाई स्वाब संकलन स्थलको रुपमा तोकिएको छ ।
संकास्पद विरामीको सम्पर्कमा आएका व्यक्तीहरु जोखिमयुक्त स्थाहरुबाट आउनु भएका व्यक्तीहरुले नजिकको स्वाव संकलन केन्द्रमा विहानको ९ बजे देखि १ बजे सम्म गई स्वाब परिक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै अनुरोध गरेको छ ।