अमेरिकामा रहेका नेपालीहरूद्बारा टेलिभजनको सुरुवात

everest kitchen

काठमाडौ, १५ भदौ । अमेरिकामा नेपाली मिडियाकर्मीहरुको पहलमा टिभी सन्डेको उद्घाटन भएको छ । दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन गरिएको हो ।

आइतबार न्यूयोर्कमा उद्घाटन गरिएको टिभी सन्डेको मुख्य कार्यालय न्यूर्योकको फोरेष्ट हिलटावरमा रहेको छ भने यसका शाखा कार्यालयहरू लण्डन, दोहा, मेलबर्न र काठमाडौँमा रहेका छन् ।

टिभीका प्रधान सम्पादक तथा प्रस्तोता किरण मरहठ्ठाका अनुसार टिभीमा सुरुवाती चरणमा दैनिक २ घण्टा कार्यक्रम प्रशारण गर्ने र समय क्रमसँगै टिभीको समयसीमा बढाइनेछ । अहिले वेभ स्टिमीङमार्फत टिभी प्रशारण हुने र विस्तारै केबुलमार्फत प्रशारण गरिने लक्ष्य रहेको मरहठ्ठाले बताए ।

न्यूर्योक डिष्टिक ३८ का एसेम्बलीवेमेन जेनिफर राजकुमारले टिभी सन्डेले अमेरिकाका मुलधारका सञ्चारमाध्यम सरह सफलता पाउने कुरामा आफू विश्वस्त रहेको र यसका लागी आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।