रुकुमको धैरेनीचौर बिद्युत सव स्टेशन उद्घाटन

everest kitchen
photo : social media

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा निर्माण सम्पन्न भएको बिद्युत सव स्टेशनको आज उद्घाट हुँदै छ । सव स्टेशनलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थितिमा उद्घाटन गरिएको हो ।

उक्त सव स्टेशनको उद्घाटन उर्जामन्त्री भुषाल र अर्थमन्त्री शर्माले संयुक्त रुपमा गरेका हुन । करिब १ महिना देखि सव स्टेसनबाट बिद्युत प्रवाह सुरु भएसकेपनि औपचारिक उद्घाटन भने आज भएको नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र प्रमखु त्रिलोचन भट्राईले जानकारी दिए ।

३३/११ केभि, ३ एमभिए क्षमता रहेको उक्त सबस्टेसन उद्घाटन कार्यक्रमको अध्यक्षता प्राधिकरणका कार्यकारी निर्देशन घिसिङले गरेका थिए । सो अवसरमा विभिन्न सरोकारवाला निकाय र स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियो ।