गठबन्धन अब समाप्त हुनेछ – अनन्त पौडेल

everest kitchen

हेटौंडा । हेटौंडा उपमहानगरपालिका नेकपा (एमाले) तर्फका मेयर उम्मेद्वार अनन्त पौडेलले गठबन्धन समाप्त हुने बताएका छन् ।

हेटौंडा–१४ नम्वर वडामा भएको नेकपा एमालेको सभामा बोल्दै उनले नेकपा एमाले हराउन लागेका खरानी पार्टीको गठबन्धन ३० गतेपछि आफै समाप्त हुने बताए । उनले एमालेले विकाश गरेको भन्दै रिस गर्नेहरुलाई जनताले ३० गते देखाइदिने बताए । ‘अहिले भ्रम चलाईरहेका छन् ’, उनले भने, ‘ साढी बाढ्नेहरुले भ्रम चलाएका छन ,उपमेयर चाँहि कमजोर छ मेयर यो छ त्यो छ भने केहि होइन हामि दुवै जना जित्छौं ।’

१४ नम्वर वडामा आएको औधोगिक क्षेत्रलाई गठबन्धन सरकारले गर्दा नै काम अगाडि नबढेको आरोप लगाए । उनले ६५ करोड छुट्याइएको औधोगिक क्षेत्रमा १० हजार भन्दा बढिले रोजगार पाउने अवस्थामा गठबन्धन सरकारले चलाउन नसकेको बताए ।

उनले आफु संविधान सदस्यमा निर्वाचित हुदा पनि १४ नम्वर वडालाई प्राथमिकतामा राखेको काम गरेको बताउँदै अबको तीन दिन सतर्कता रहन सबैलार्य आग्रह गरे ।
यसैगरी कार्यक्रममा उपमेयरका उम्मेद्वार सुमत्रा काफ्लेले महिला , बालबालिका , युवाहरुलाई रोजगार र बृद्धबृद्धा सबैका लागि कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले नेकपा एमाले जितको नजिक पुगिसकेको बताउँदै विपक्षीहरु छट्पटाएर हिड्न थालिसकेको बताईन् । नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य जुनेली श्रेष्ठ वडाध्यक्षका उम्मेदवार दिपक खड्का लगायत सदस्यका उम्मेद्वारहरुले मन्त्वय राखेका थिए ।