वाइसिएल राष्ट्रिय भेला: नेतृत्वमा श्रीपाली चयन हुँदै

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल योङ कम्युनिस्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गरिने भएको हो ।

वाइसिएलको भदौ ३ र ४ गते हुने दोस्रो भेलाको सम्पूर्ण तयारी पुरा भइसक्यो । देशैभरबाट साढे ७ सय प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने बताएको छ ।

नयाँ नेतृत्वको रुपमा हालका सहसंयोजक सुवोध श्रीपाली अध्यक्ष हुने भएका छन् । अध्यक्षसहित ३५ सदस्यीय पदाधिकारी चयन हुने भएका छन् । अध्यक्षमा सर्वसम्मत जस्तै भएकाले उपाध्यक्षसहित महासचिव समेत सहमतिबाटै टुंगो लगाइने भएको छ ।

यदि सहमति नभए चुनावी प्रतिस्पर्धाबाट चयन गर्ने तयारी छ । वर्तमान संयोजक सुमन देवकोटाको उमेर हद ४० पुरा भएकाले नयाँ नेतृत्वको रुपमा श्रीपाली आउने भएका छन् ।