बाढीपहिरोबाट जनधनको क्षति बेहोरेको बिष्टको परिवारलाई सुदूरपश्चिमेली समाज भारतको सहयोग

everest kitchen

दिनेश खड्का’खप्तडी’
अछाम। तुर्माखाद गाउँपालिका -२ मा केहि महिना अगाडि आएको बाडि-पहिरोबाट जनधनको क्षति का अमर बहादुर बिष्टको परिवारलाई सुदूरपश्चिमेली नेपाली समाज भारतले नेपाली रु ५२ हजार ४ सय १६ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

तुर्माखाद गाउँपालि वडा नं ८ का अध्यक्ष निरक शाही लगायतको उपस्थितिमा पिडित अममर बहादुर बिष्टको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको वरिष्ठ उपाध्यक्ष दिपक खड्काले बताए ।

श्रावन ८ गते मध्यरातमा अविरल वर्षाका कारण पहिरो जादा अममर बहादुर बिष्टको घर पुरिएर सुतिरहेको अवस्थामा तिन जनाको मृत्यु भएको थियो । जसमा २५ बर्षिय विरेन्द्र बिष्ट ,१५ बर्षिय संबिधान विष्ट र ४५ बर्षिय हरिकला बिष्टले ज्यान गुमाएका थिए ।

कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै भारतका विभिन्न क्षेत्रमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेलीवासीहरूको सक्रियतामा “सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली” भन्ने मुल नारासहित भारतमा केहि बर्ष अगाडी समाजको स्थापना थियो ।

समाजका अध्यक्ष कटक बहादुर बिष्टले यश अभियानमा जोडिएर साथ सहयोग गर्ने सुदूरपश्चिमेली नेपाली समाज भारत समितिको मातहतका विभिन्न राज्य समिति,जिल्ला समिति ,नगर समिति र स्थानिय तहमा रकम हस्तान्तरण गर्नको लागि सहजीकरण गर्ने वडा अध्यक्षसहित सम्पुर्णलाई समाजले कृतज्ञता प्रकट गरेका छन् ।

यसैगरी समाजको उद्देश्य प्राप्तिका लागि विभिन्न अभियान सन्चालन गर्दै आएको महासचिव महादेव भट्टले बताए । उनका अनुसार सुदुरपश्चिमको कला, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले भारतका विभिन्न सहर हरुमा गौरा पर्व तथा तिज सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्न लागेको बताए ।