नारायणीमा डुंगा पल्टिदा तीनको मृत्यु

everest kitchen
photo file

काठमाडौं । पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो । थप दुई जना घाइते भएका छन् ।

डुंगा पल्टिदा सुस्ता गाउँपालिका –४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।