तेक्वान्दो बिजेता खेलाडिहरुलाई मलेसियामा सम्मान

everest kitchen

नेपालबाट मलेसियामा तेक्वान्दो खेल्न आएका खेलाडीहरु सम्मानित भएका छन् ।
पाङकोर आइस्ल्याण्ड इन्टरनेसनल तेक्वान्दो च्याम्पियनशीप २०२२ मलेसियामा नेपालको लागि सात गोल्ड मेडल र पाँच सिल्भर मेडल जित्न सफल खेलाडिहरुलाई एनआरएन मलेसिया तथा हिमालयन फुटबल क्लब मलेसियाले सम्मान तथा ६० हजार रुपैयाँ प्रोत्साहन नगद पुरस्कार प्रदान गरेको छ ।
उक्त च्याम्पियनशीपमा नेपालको प्रतिनिधित्व गर्दै १० खेलाडिहरु सहभागी थिए । च्याम्पियनशीपमा सन्तोष भट्टले ब्राण्डोम तर्फ गोल्ड, महमद उमर खानले पेयर पुम्से तर्फ गोल्ड, सुनिता बिष्टले पेयर पुम्से तर्फ गोल्ड, सुस्मा थापाले फिन तर्फ गोल्ड, निकेश बिश्वकर्माले लाईट तर्फ गोल्ड, सक्षम चौधरीले पुम्से तर्फ गोल्ड, अवास खानले लाईट तर्फ सिल्भर, जैनव खातुनले पुम्से तर्फ सिल्भर, सोनाम गैरेले फिन तर्फ गोल्ड, महमद उमर खानले सिंगल पुम्से तर्फ सिल्भर, सुनिता बिष्टले सिंगल पुम्से तर्फ सिल्भर मेडल जित्न सफल भएका थिए ।
गैरआवासीय नेपाली संघ मलेसिया शाखा तथा हिमालयन फुटबल क्लबद्वारा आयोजित खेलाडी सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ मलेसियाको सभा हलमा सम्पन्न भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा र हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले नगद पुरस्कारसमेत प्रदान गरेका थिए । साथै अध्यक्ष थापा र कार्की लगायतले बधाई मन्तब्य मार्फत खेलाडीहरुलाई बधाई साथै शुभकामना दिएका थिए ।
यस च्याम्पियनशीपका प्रमुख सन्तोष भट्ट तथा प्रमुख प्रशिक्षक रोशन खानले सम्मान र सहयोगको लागि धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि नेपाललागि अझै धेरै मेडल जित्दै देशको झण्डा फर्फराउन उत्साह प्रादन भएको बताउदै धन्यबाद ज्ञापन गरेका थिए ।