मलेसियामा गोर्खाली १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न, सन्तकुमार प्रथम

everest kitchen

विपेन पुन, काठमाडौं । नेपाली नयाँ बर्ष २०८० को पावन अवसरमा आशिर्वाद फाउण्डेश मलेसियाको आयोजना तथा नेपाली दुतावास मलेसिया र गैरआवासीय नेपाली संघ मलेसियाको सहकार्यमा २०८० बैशाख ३ गते ( सन. २०२३ अप्रिल १६) आईतबार गोर्खाली १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएकोछ ।

प्रतियोगिता आशिर्वाद फाउण्डेन मलेसियाका संयोजक कृष्ण आङ्दाम्बेको सभापतित्व सम्पन्न भएको थियो । प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदुत डिल्ली राज पौडेल, विशेष आतिथि गैरआवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष हेमराज साप्कोटा साथै अतिथि तेक्वान्दो संघ मलेसियाका संयोजक सन्तोष भट्ट रहेका थिए ।

४५ मिनेट १० सेकेन्डमा दुरी पार गर्दै सन्त कुमार चेम्जोङले प्रथम स्थान हासिल गरेका थिए । दोस्रो स्थान ४६ मिनेटमा मनोज कुरुम्वाङले हासिल गरेका थिए भने अरुण तमाङले ४९ मिनेट १६ सेकेन्डमा १० किलोमिटर दुरी पार गरि तेस्रो स्थान हासिल गरेका थिए ।

तेस्तै दिल सिङ थापा मगरले चौथो स्थान ५० मिनेट ४० सेकेन्डमा, मदिप लिम्बूले पाँचौ स्थान ५२ मिनेट ४३ सेकेन्डमा, कृष्ण आङ्दाम्बेले छैटौं स्थान ५२ मिनेट ५० सेकेन्डमा, रबिन्द्र चौधारीले ५२ मिनेट ५३ सेकेन्डमा सातौं स्थान, सुरेन मगरले ५६ मिनेट ५० सेकेन्डमा आठौं स्थान, भुपेश मगरले नवौं स्थान ५७ मिनेट २ सेकेन्डमा र सागर केसीले १ घण्टा १ सेकेन्डमा दशौ स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा शुभकामना तथा बधाई मन्तब्यको क्रममा प्रमुख अतिथि पौडेलले मलेसियामा रहेका तथा देश विदेशमा रहेका नेपालीहरुलाई नयाँ बर्षको शुभकामना दिएका थिए । आशिर्वाद फाउण्डेशनले नाम जस्तै आशिर्वाद पाउने काम गरेकोले सधै यस्ता कृयालापमा दुतावासले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे साथै प्रतियोगिहरुलाई बधाई ज्ञापन गर्दै स्वास्थ र राष्ट्रको लागि खेलकुद निरन्तर खेलिरहन प्रोत्साहन प्रदान गरे ।

मन्तब्यको क्रममा विशेष अतिथि साप्कोटाले आशिर्वाद फाउण्डेशनले आयोजना गरेको प्रतियोगिताको प्रसंसा गर्दै गैरआवासीय नेपाली संघ मलेसियाको तर्फबाट आगामी दिनहरुमा आयोजना हुने प्रतियोगिताहरुमा पनि सहकार्य हुने हुने बताए । अतिथि भट्टले स्वस्थ्य नै धन हो स्वास्थ्यको लागि आफ्नो मन पर्न खेल सबैले खेल्न पर्ने बताए ।

यस प्रतियोगिता मलेसियाको बोटानीकल गार्डेनमा बिहान ९ बजे सम्पन्न भएको थियो । प्रतियोगिताको टप १० स्थान हासिल गरेका प्रतियोगिहरुलाई राजदुत पौडेलले मेडल द्वारा सम्मान गरेका थिए भने २०७९ सालमा प्रवासबाटै खेल खेलेर विजेता पाचौं हिमालयन गोल्डकप च्याम्पियन बन्न सफल हिमाल, पाँचौं सुम्निमा रिया गोलडकप च्याम्पियन सुम्निमा युनाईटेड फुटबल क्लब, पांकोर इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिपका गोल्ड मेडल जित्न सफल सन्तोष भट्ट, स्रावक बोर्नियो इन्टरनेशनल टेक्वान्दो च्याम्पियनशिपमा गोल्ड मेडल विजेता अफ्ताब आलाम र नवौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघबाट सहभागी भई ब्यडमिन्टन (डबल) प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल तुलाराम धामीलाई प्रसंसा पत्र द्वारा सम्मानित गरिएको थियो ।

उक्त प्रतियोगितामा पानी र इनर्जी ड्रिङ्स सहयात्री मलेसियाले साथै मेडल र प्रसंसा पत्र सन्तोष भट्टले प्रयोजन गरेका थिए ।