गायिका पूजा तामाङको नयाँ म्युजिक भिडियो ‘पाल्मो’ सार्वजनिक

everest kitchen

अमिर लोप्चन
काठमाडौ । गायिका पूजा तामाङको नयाँ म्युजिक भिडियो ‘पाल्मो’ सार्वजनिक भएको छ ।

तामाङ सेलो गित संगितमा आफ्नो छुट्टै छाप छोड्न सफल गायिका पुजा तामाङको नयाँ गित पाल्मो सार्वजनिक भएको हो। सुशिल तामाङको शब्द र सँगीतमा सजिएको उक्त गीतमा गायिका पूजाको आवाजले थप रौनकता थपेको छ । गीतलाई जोगलाल लामाले एरेञ्ज गरेका हुन् भने दिपेश प्रधानले मिक्सिङ–मास्टरिङ गरेका छन् ।

उक्त गितमा गायिका पूजा तामाङकै मूख्य अभिनय रहेको म्युजिक भिडियोमा ईश्वर तामाङले अभिनय गरेका छन् । अजय स्याङ्तानको कोरियोग्राफी र निदेर्शनमा तयार भएको म्युजिक भिडियोमा विक्रम लामा मोक्तानको सिनेम्याटोग्राफी रहेको छ । म्युजिक भिडियोमा नरेन मोक्तानले सहायक कोरियोग्राफरको जिम्मेवारी सम्हालेका छन् । म्युजिक भिडियोको कलरग्राण्डिङ राजेन्द्र मोक्तान र पोष्टर विष्णु खड्काले तयार पारेका छन ।

यस अघि  झ्यालला पर्दा,आपाकी छोरी,ए बिना,चुई चुई ङोसि गितबाट दर्शक स्रोताको मन जित्न सफल गायिका पुजाको “पाल्मो” अडियो भिडियो सहित उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।