मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

everest kitchen

काठमाडौँ । यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगर घोषित भएकी छन । शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद रु चार लाख पुरस्कारसहित विजेता बनेकी हुन  ।

कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा चित्तबुुझ्दो सटिक जवाफ दिएसंगै मिस मगर विजेता घोषित भएकि हुन ।

विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताईन । “पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ”, उनले भनिन।

यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति थापामगर उपविजेता र क्लिया थापामगर दोस्रो बने । उनीहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गरे ।

कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।