रुकुममा जीप दुर्घटना हुदा १० जना घाइते

everest kitchen
फोटो : समाजिक सञ्जाल

रुकुम । रुकुम पश्चिमको मुसिकोटमा जिप दुर्घटना हुदा १० जना घाइते घएका छन् । मुसीकोट नगरपालिका- १ खलंगाकोबाट डिग्रे जाँदै गरेको भे १ च २७९६ नम्बरको जिप दुर्घटना भएको हो ।

खलंगा बजार नजिकैको रावलबारा हुँदै डिग्रे जाने सडकमा उकालोमा ब्रेकले काम नगरेपछि जीप पछाडि सर्दा सडकबाट करिब ६ मिटर तल अर्को सडकमा खसेको बताएको छ ।

प्रहरीका अनुसार जीप सवार १२ जनामध्ये १० जना दुर्घटनामा घाइते भएकाछन । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भईरेको छ ।

त्यस्तै, चालक सहित २ जना भने सकुशल रहेका छन् ।