त्रिवेणीमा पहिलोपटक नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा जिल्लामै पहिलोपटक नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नागरिक आरोग्य सेवाकेन्द्र त्रिवेणीको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

आयुर्वेद विशेषज्ञ डाक्टर मानबहादुर ओलीसहितको स्वास्थ्यकर्मीको टिमले सेवा प्रदान गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शिविरमा १५५ जना बिरामीहरुले सेवा लिएका थिए भने शिविरको क्रममा बिरामीहरुको सुगरसमेत जाँच गरिएको थियो ।