खुला व्यायमशाला सञ्चालनमा

everest kitchen

चितवन । चितवनको कालिका नगरपालिका–१ मा खुला व्यायमशाला सञ्चालनमा आएको छ । स्थानीय चतुरमुखी सामुदायिक वन क्षेत्रमा रहेको ‘गडुवा चिल्ड्रेन पार्क’मा खुला व्यायमशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

व्यायामशालाको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुभारम्भ गर्दै सार्वजनिक स्थानमा निर्माण गरिने भौतिक विकासले नगर क्षेत्रमा चहलपहल बढ्ने बताए ।

वडा नं १ का वडाध्यक्ष शन्तवीर स्याङ्तानले वडाभित्र एउटा सुन्दर उद्यान बनाउने सपना पूरा हुँदै गएको बताए। कार्यक्रममा स्थानीय धर्मगुरू पेमा लामाले उद्यानलाई थप आकर्षण बढाउन बुद्धको ठूलो स्तुपा बनाउनसकिएमा यसले पर्यटकीय चहलपहल बढाउने विश्वास व्यक्त गरे ।

उद्यानमा निर्माण गरिएको बुद्धको स्तुपाको समेत अनावरण गरिएको छ । त्यसैगरी ‘चिल्ड्रेन पार्क’ मा वृक्षरोपण गरिएको वडाध्यक्ष स्याङ्तानले बताए । खगेरी सब वन डिभिजन कार्यालयको अगुवाइमा कपुर, धुपी, बेल, निमलगायतका बिरूवा रोपिएको हो ।