उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

everest kitchen

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणपछि स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताएका छन् ।

सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताए ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । यस्तै चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सचिव एवं सिचुवान प्रान्तीय जनपरिषद्को स्थायी समितिका अध्यक्ष वाङ सिवहुइसँग पनि भेटवार्ता भएको थियो । वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषय र चीनद्वारा नेपालमा थप सहयोग बढाउन उपप्रधानमन्त्री श्रेष्ठले गरेको विशेष आग्रहमा सकारात्मक छलफल भएको थियो ।