प्रवासी नेपाली मञ्च मलेसियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दयाराम कूमाल

everest kitchen

सबिन लोप्चन
मलेसिया । नेकपा एमालेको संबद्द प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसिया राष्ट्रिय कमिटिको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेण्टलमा यहि आइतबार सम्पन्न मञ्चको दोस्रो अधिवेशनले अध्यक्षमा दयाराम कूमाललाई सर्वसहमतिले चुनेको छ ।
अधिवेशन उद्घाटन सत्रको सभाध्यक्षता शेर बहादुर गुरुङले गरेका थिए भने प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटीका बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेल रहेका थिए ।
कार्यक्रममा नेपाल बाट उपाध्यक्ष पोख्रेल सहित नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रिय सदस्य कृष्ण बहादुर केसि, केन्द्रिय सदस्य एवं जि–फन्टका अध्यक्ष बिनोद श्रेष्ठ लगायत अन्य नेताहरुको उपस्थित रहेको थियो । त्यसैगरी नेपालबाटै साँस्कृतिक कार्यक्रमको लागी कलाकार बद्री पंगेनि, पुर्णकला बि.सि., करिस्मा ढकाल र राजन बर्देवाका आएका थिए । कार्यक्रममा स्थानिय नेपाली कलाकारहरुले पनि आफ्नो कला प्रदर्शन गरेका थिए ।
कार्यक्रममा गैर आवसिय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राई, प्रवासी नेपाली जनसम्पर्क मञ्च मलेसियाका अध्यक्ष चोला पंगेनी लगायत मलेसियामा आवद्ध थुप्रै संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रमको बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षता केन्द्रिय सदस्य कृष्ण बहादुर केसीले गरेका थिए भने बन्दसत्रले अध्यक्ष कूमालको नेतृत्वमा उपाध्यक्ष जीवन देवान गाँउले, उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, सचिव कृष्ण खड्का, सह–सचिव रविन कार्की, सह–सचिव दिनेश खप्तडि चुनेको थियो भने सदस्यहरुमा दिल्ली न्यौपाने, चित्र बहादुर थापा, प्रेम मगर, तोप नारायण भण्डारी, नेत्र खड्का, छविलाल गीरी, मोहन खाती र राधिका क्षेत्री सर्वसहमत निर्वाचित भएको घोषणा गरेका थिए ।