एनआरएनए मलेशियाले सदस्य र पदाधिकारी उम्मेदवार शुल्कबाट २ लाख रिंगेट भन्दा बढि रकम संकलन गर्दै, अध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता

everest kitchen

सबिन लोप्चन
क्वालालुम्पुर । एनआरएनए मलेसियाले आठौं महाधिवेशनबाट सदस्य शुल्क र पदाधिकारी उम्मेदवार शुल्कबाट २ लाख रिंगेट भन्दा बढि रकम संकलन गर्ने भएको छ ।
आज भएको संस्थाको उम्मेदवारी दर्ता कार्यक्रमसँगै उक्त रकम उठने भएको हो । संस्थाको अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । जस मध्ये वर्तमान अध्यक्ष बिनोद थापा, राकेश महतो र सन्तोष कार्की रहेका छन् ।
एनआरएनए मलेसियाको साधारण सदस्य संख्या ४ हजार ५ सय ५१ जनाबाट प्रति सदस्य आरएम ३०को दरले हिसाब गर्दा १ लाख ३६ हजार ५ सय ३० हुन आउँछ भने अध्यक्ष देखि सदस्यसम्मका उम्मेदवारहरुको उम्मेदवार शुल्कबाट मात्र ७९ हजार रिंगेट नगद उठने देखिन्छ । यसरी हिसाब गर्दा एनआरएनए मलेसियाको कोषमा २ लाख १५ हजार ५ सय ३० रिंगेट नगद जम्मा हुन देखिन्छ ।
एनआरएनए मलेसिया निर्वाचन कमिटिले दिएको १५ तारिख ४ बजे सम्ममा मनोनयन दर्ता प्रक्रिया चलेको थियो । मनोनयन दर्ता बाट महिला उपाध्यक्ष लिला मगर,युवा उपाध्यक्ष नारायण अधिकारी,उपाध्यक्ष कोष अध्यक्ष बाल ध्वज लिम्बु र १० सदस्य मध्य ७ सदस्य निर्विरोध निर्वाचित भएका छन भने ३ सदस्यको मनोनयन परेन ।
त्यस्तै बरिस्ठ उपाध्यक्षमा ईन्द्र नारायण लिम्बु र रंजित कुमार क्षेत्री त्यस्तै उपाध्यक्षमा अरुण गिरि,दिल कुमार केरुङ, हेम राज सापकोटाको उम्मेदवारी परेको छ भने महासचिवमा कृष्ण प्रसाद नेपाल, बिमल कुमार राना, टेक बहादुर अधिकारी तथा सचीव पदमा श्याम बहादुर श्रेष्ठ र बिशु प्रसाद बरालको उम्मेदवारी दर्ता भएको छ ।
संस्थाको कार्यकारी सदस्यपदमा बिष्णु चौधरी, शेर बहादुर गुरुङ, राजु कुमार श्रेष्ठ, भेशराज ज्ञावली, खेम राज खत्री, बिजय मण्डल र उमेश कोहिरी महत्तोको उम्मेदवारी परेको छ ।
मलेसियाबाट चुनिने आईसिसि सदस्य संख्या ४ वटामा पनि कुनै पनि उम्मेदवारी दर्ता भएको अवस्था छैन ।
निर्वाचन समितिले उम्मेदवारको दावि बिरिधको लागी १६ जुलाई ३ बजे भित्र निर्वाचन समितिको कार्यलय अथवा निर्वाचन समितिको इमेलमा पठाउन सकिने ब्यबस्था गरिएको जनाएको छ ।