मलेसिया पुगेको एक महिनामै अस्ताए रुकुमका भरत कुमार ओली

everest kitchen
मृतक: भरत कुमार ओली

काठमाडौं । मलेसियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । सेलाङगर स्थित बान्तिङ भन्ने स्थानमा रहेको “एनडी पेपर मलेसिया सेलाङगर एसडीएन बिएचडी”मा कार्यरत रुकुमका भरत कुमार ओली झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।

रुकुम (पश्चिम)को त्रिवेणी-०७ का स्थायी घर भएका २६ बर्षीय भरत बुधबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेको उनका साथीहरूले बताए । साथीहरुका अनुसार सोही दिन उनी डिउटीमा गएका थिएनन् ।

रोजगारको सिलसिलामा करिब १ महिना अघि मलेसिया पुगेका भरतको शवलाई स्थानीय प्रहरीले मुचुल्का उठाई स्थानीय केलाङ अस्पतालमा पोष्टमार्टमको लागि शव राखिएको नेपाली राजदूतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढाले जानकारी दिए । बुढाका अनुसार घटना बारे प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।

सार्वजनिक फोटोमा शवको प्रकृति हेर्दा आत्मह,त्या जस्तो नदेखिएको र करिब चार/पाँच फिट अग्लो बेडमा झुन्डिएको जस्तो देखिएकोले त्यति होचो ठाउँमा झुन्डिन सम्भव नभएकोले घटना शंकास्पद भएको मृतकका आफन्तले बताए । यद्यपि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी छ ।

उनी रोजगारीको सिलसिलामा करिब एक महिना अनि काठमाडौं स्थित एक्सेस पार्टनर प्रालि मार्फत मलेसिया गएका थिए । उनको घरमा सहपरिवारसहित एक सानो छोरी र श्रीमती छन् ।