राप्ती नगरवासीलाइ निशुल्क रगतको व्यवस्था गरेका छौ : नगर प्रमुख लामा

everest kitchen

चितवन । राप्ती नगरपालिकाले अव निशुलक बिरामीलाई रगत उपलब्ध गराउने भएको छ । राप्ती नगर प्रमुख शमशेर लामाले रगत अभावमा नगरवासीले दुख पाउने दिन गए भन्दै सो कुराको जानकारी गराएका हुन । राप्ती नगरबासीले आवश्यक परेको खण्डमा निःशुल्क रगत पाउने उनले बताए ।

राप्ती नगरवासीलाइ आवश्यक पर्दा रक्तसञ्चार कार्यालय भरतपुरबाट निःशुल्क रगत पाउने उनले बताए । आइतबार नगर कार्यालयमा राप्ती नगरपालिकाको तर्फबाट नगर प्रमुख शमशेर लामा र रेडक्रस सोसाइटीको तर्फबाट नेरेसो चितवन शाखा सभापति हरि प्रसाद पौडेलले सो सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

हेर्दा सानोकुरा जस्तो भए नि यसले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने लामोको भनाइ थियो । रेडक्रससँग सहकार्य गरि अन्य कार्यक्रम गरिने पनि उनले बताएका छन् ।