जातिय संस्कार बिरुद्ध बोल्ने पाण्डे बिरुद्ध जनजाति महासंघले दुतावासमा बुझायो बिरोधपत्र

everest kitchen

हिमाल टाइम्स

क्वालालुम्पुर, मलेसिया । नेपाल आदिवासीजनजाति महासंघ मलेसियाले नेपाल सरकार विरुद्ध प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राजदुतावास मलेसियामा बुझाएको छ ।
महासंघका अध्यक्ष सहित विभिन्न संस्थाका पदाधिकारीहरु दुतावास गएर राजदुत डिल्ली राज पौड्याललाई विज्ञप्ति बुझाएका हुन ।
अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन । सोही अभिव्यक्तिलाई लिएर उनीविरूद्ध तामाङ र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पूर्जि जारी भएपनि प्रहरीले पक्राउ नगरेपछि उनलाई आवश्यक कानूनी कारवाहि गर्न दबाब दिन आदिवासी समुदाय प्रहरी कार्यालय टेकुमा शान्तिपूर्ण रुपमा घेराउ गरिरहदा प्रहरीले अनावश्यक बल प्रयोग गरी अमानविय कार्य गरेको बिरुद्धमा नेपालैभरीका जिल्ला प्रशासन कार्यालयमा बिरोधपत्र दिने कार्यक्रम रहेको दिन नेपाल आदिवासी जनजाति महासंघले आन्दोलन र बिरोध कार्यक्रममा ऐक्यबद्धता जनाउदै मलेसिया स्थित राजदुतावासमा बिरोधपत्र बुझाएको हो ।
बिरोधपत्र बुझाउन नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा नेपाल तामाङ्ग घेदुङ्ग र नेपाल मगर संघ मलेसियाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।