सुन्दर सपना बोकेर मलेसिया पुगेका रुकुमका भरत बाकसमा फर्किए

everest kitchen

विपेन उलङगे

काठमाडौं । सुन्दर सपना बोकेर मलेसिया पुगेको केहीदिनमै मलेसियामा मृत अवस्थामा फेला परेका रुकुमका भरत कुमार ओलीको शव शुक्रबार नेपाल आइपुगेको छ । एनडी पेपर मलेसिया सेलाङगर एसडीएन बिएचडीमा कार्यरत रुकुमका भरत कुमार ओली झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको शवलाई परिवारले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुझिलिएको हो

मृतक: भरत कुमार ओली

रुकुम (पश्चिम)को त्रिवेणी-०७ का स्थायी घर भएका २५ बर्षीय भरत गत हप्ता बुधबार बिहान झुन्डिएको अवस्थामा आफू बस्दै आएको होस्टेलमा मृत फेला परेका थिए । साथीहरुका अनुसार सोही दिन उनी डिउटीमा गएका थिएनन् ।

रोजगारको सिलसिलामा करिब १ महिना अघि मलेसिया पुगेका भरतको शवलाई स्थानीय प्रहरीले मुचुल्का उठाई स्थानीय केलाङ अस्पतालमा पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टम रिपोर्टअनुसार झुन्डिएर मृत्यु भएको उल्लेख गरिएको छ ।

सार्वजनिक फोटोमा शवको प्रकृति हेर्दा आत्मह,त्या जस्तो नदेखिएको र करिब चार/पाँच फिट अग्लो बेडमा झुन्डिएको जस्तो देखिएकोले त्यति होचो ठाउँमा झुन्डिन सम्भव नभएकोले घटना शंकास्पद भएको मृतकका माईला दाइ खडक ओलीले बताए ।मृतकको घांटीमा खदाको पासो लगाएको देखिएपनि पूर्णरुपमा भुईमा बसेको र खदाको पासो सुर्किने गरि नलगाएकोले मृत्युु शंकास्पद भएको ओलीले बताए ।

उनले भने, “मृत्युुको हुनुभन्दा अघिल्लो राति श्रीमती दिपा खडका ओलीसंग राम्रै कुरा गरेको थिए भने बिहान पनि मसंग राम्रै कुरा गरेका थिए, त्यस्तो आत्मह,त्या गर्ने मनसाय बनाएको जस्तो कुनै नराम्रो कुरा गरेरन ।तर त्यसको केही समयपछि मृत्युको खबर आयो । एकछिन अगाडिसम्म राम्रै कुरा गरेको मान्छे एक्कासी नपत्याउदो गरि झुन्डिएर मरेको भन्दा फिटिक्कै विश्वास लाग्दैन”

भरत रोजगारीको सिलसिलामा करिब एक महिना अनि काठमाडौं स्थित एक्सेस पार्टनर प्रालि मार्फत मलेसिया गएका थिए । उनको घरमा सहपरिवारसहित एक सानो छोरी र श्रीमती छन् । यसअघि नेपाल सशस्त्र प्रहरीमा नाम निकाले उनले विदेश जाने योजना बनाएसंगै गाउँमा कच्ची घर बनाएको र विदेश जाँदा करिब ४ लाख खर्च गरेकोले परिवारमा धेरै रिन भएको परीवारले बताएको छ ।

घरको कम्जोर आर्थिक अवस्था भएका उनको परिवारको लागि आर्थिक सहयोग संकलन अभियान समेत थालिएको छ । सहयोग गर्न चाहनेले मृतक श्रीमती दिपा खड्काको नाममा रहेको लक्ष्मी सनराईज बैंक खाता नम्बर ०८७४५००३०७२ मा सहयोग गर्न अपिल गरिएको छ ।