जनजाति महासंघ मलेसियाद्वारा २९ औं बिश्व आदिवासी दिवस मनाइयो

everest kitchen

क्वालालम्पुर । नेपाल आदिवासी जनजाति महासंघद्वारा आयोजित २९ औं बिश्व आदिवासी दिवस मलेसियाको क्वालालम्पुर स्थित गैर आवासीय संघ मलेसियाको सभाहलमा अगस्ट १३ आइतबार दिन भब्यताको साथ सम्पन्न भएको छ।

मलेसियाका नेपाली राजदुत डिल्ली राज पौडेलको प्रमुख आतिथ्यतामा र महासंघका अध्यक्ष बिपिन राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अतिथिको रुपमा संस्थाको संस्थापक अध्यक्ष सुन्दर आले मगर, गैर आवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा,नेपाल तामाङ घेदुङ्का अध्यक्ष मिलन थिङ,किराँत याक्थुङ चुम्लुङ्का अध्यक्ष दिल कुमार लिम्बू,शेर्पा किदुगका अध्यक्ष ङावाङ नुरी शेर्पा लगायत थुप्रै जातीय संस्थाका प्रतिनी,फोनिज कर्मिहरुको लगायत अन्य संघ सस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा आफ्नो महत्त्वपुर्ण भनाईहरु राख्दै महामहिम पौडेलले प्रवासी भुमी मलेसियामा रहेर पनि आफ्नो जातिय कल्चर देखाउदै नेपाली पहिचान देखाएकोमा धन्यवाद साथै गर्व लागेको बताए।

त्यस्तै कार्यक्रममा गैर आवसिय संघ मलेसियाको उपाध्यक्ष सापकोटाले एनआरएनएसँग महासंघको सहकार्य धेरै राम्रो भएको हुदा आगामी दिनहरुमा पनि सहकार्य मज्बुत बनाउन आग्रह गरे।

त्यस्तै कार्यक्रममा संस्थापक अध्यक्ष आलेले स्थापना काल देखि संस्थाले विभिन्न उत्तार चढावहरु भोग्दै यहाँ सम्म आएको र अहिले सम्म निरन्तर संचालन गराउने कार्यसमितिलाई धन्यवाद दिएका थिए।

त्यस्तै कार्यक्रममा आदिवासी समुदायको खानाको परिका साथै जातिय नृत्य पनि प्रस्तुत भएका थिए।

त्यस्तै कार्यक्रमलाई समापन गर्दै अध्यक्ष राईले महासंघले अहिलेसम्म गर्दै आएको काम कार्यहरु लोकप्रियताको लागि प्रचार बाजि नगरे पनि दर्जनौ श्रमिकहरुको उद्वार गरेको बताउदै ती कार्यहरु बारे बिस्तृत रुपमा आउने अधिवेशनमा प्रष्ट्याउने बताए।