कर्णालीमा बैठक: ‘घर–घरमा माओवादी,जन–जनमा माओवादी

everest kitchen

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो विस्तारित बैठक सुरु भएको छ । प्रदेशको राजधानी सुर्खेत स्थित शुभ होटेलमा शनिबार देखि सुरु गरिएको बैठक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत तयारी स्वरुप बैठक सञ्चालन गरिएको हो ।

‘घर–घरमा माओवादी,जन–जनमा माओवादी’ भन्ने नाराका साथ माओवादीले तीन महिने अभियानको थालनी गरेको छ । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार माओवादी अभियानमा लागेको छ ।

मतदातासँग भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराइने लक्ष्य राखेको छ ।

सुर्खेतमा आयोजित शनिबार र आइतबारको बैठकले कर्णालीमा तीन महिनामा गरिने कार्यनीति र कार्ययोजना तयार गर्नेछ ।