विश्व च्याम्पियन बन्न स्पेन र इंग्ल्यान्ड भिड्द

everest kitchen

सिड्नी – फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधिको लागि आज ९शनिबार० स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल स्टेडियम अष्ट्रेलिया सिड्नीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ । नवौं संस्करणको विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का छ ।

दुई पटकको च्याम्पियन जर्मनी समूह चरण, चारपल्टको च्याम्पियन अमेरिका र एक पालीको च्याम्पियन नर्वे प्रि–क्वाटरफाइनलबाट तथा एक पल्टको जापान क्वाटरफाइनलबाट बाहिरिसकेको छ ।

स्पेनले स्वीडेनलाई २–१ ले तथा इंग्ल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा स्थान सुरक्षित गरेको छ । दुवै टोली पहिलोपटक विश्वकपको च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यस विश्वकपमा स्पेन पछिल्लो तीन खेलमा अपराजित छ ।

समूह चरणमा कोस्टा रिका र जाम्वियालाई पराजित गरेको स्पेनले त्यसपछि भने समूह चरणमै जापानसँग ४–० को लज्जास्पद हार चाखेको थियो । त्यसयताको तीन खेलमा भने स्पेनले सानदार प्रदर्शन गर्दै जित निकालिरहेको छ ।

टोलीको मुख्य हतियारमा जेनिफर हर्मोसो, अल्वा रेडोन्डो, मारिओना क्लाडेन्टे, एलेक्सिया पुटेलास, टेरेसा एवेलेइरा, एइटाना बोनामाती, ओल्गा, लेइआ कोडिना, एरिन पारेडेस, ओना बाट्ले र गोलरक्षक क्याटलिना कोल रहेका छन् । यसबाहेक टोलीसँग साल्मा, इभा मारिया र एस्थर गोन्जालेस पनि रहेका छन् ।

यता, उपाधि दावेदार टोलीको रुपमा हेरिएको इंग्ल्यान्ड पनि पछिल्लो तीन खेलमा सानदार प्रदर्शन गरिरहेको स्पेनलाई स्तब्ध पार्दै पहिलोपटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ ।

टोलीसँग एलेसिया रुसो, लौरेन हेम्प, एला टुन, रचेल डाली, केइरा वाल्स, जर्जिया स्टानवे, लुसी ब्रन्ज, एलेक्स ग्रीनवुड, मिल्ली ब्राइट, जेसिका कार्टर र गोलरक्षक मारी अर्पस् छिन् ।

यसबाहेक दुई खेलको प्रतिबन्धपछि लौरेन जेम्सले टोलीमा पूनरागन गर्नेछिन् । नाइजेरियाविरुद्धको खेलमा रातो कार्ड पाएका उनले दुई खेल गुमाएकी थिइन् । उनले यस विश्वकपमा चार खेलमा ३ गोलसँगै ३ असिस्ट प्रदान गरिसकेका छन् ।

यि दुई टोली हालसम्म ७ पटक आमाने–सामाने हुँदा चार खेलमा इंग्ल्यान्ड विजयी भएको छ । २ खेल स्पेनले जित्दा एक खेल बराबरीमा सकिएको छ ।

पछिल्लोपटक यि दुई टोलीले सन् २०२२ मा युरो कपमा प्रतिस्पर्धा गर्दा इंग्ल्यान्डले अतिरिक्त समयमा जित निकालेको थियो । स्पेन पछिल्लो तीन खेलमा तथा इंग्ल्यान्ड पछिल्लो सात खेलमा अपराजित छ ।

यसअघि सह–आयोजक अष्ट्रेलियामाथि २–० को सहज जित दर्ता गर्दै स्वीडेनले फिफा महिला विश्वकप फुटबल २०२३ मा तेस्रो स्थान हासिल गरिसकेको छ ।