भक्तपुर बाल सुधार गृहमा किशोरको मृत्युु,

everest kitchen

काठमाडौं । भक्तपुरको बाल सुधार गृहमा बस्दै आएका रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको पाइएको छ ।

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो । अस्पतालले केहीबेरमै मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए । अहिले शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।

सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका छन् ।

बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका छन् । उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेपछि गृह परिसर तनावपूर्ण बनेको थियो । मृतक किशोर बला,त्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए ।

‘ढाडमा निलो डाम र दायाँ खुट्टा सुनिएको थियो । त्यसैले कुटपिट भएको हो,’ मृतकका भिनाजु विनोद बुढाथोकीले भने । उनका अनुसार आज बिहान पौने ७ बजे सुधार गृहले फोन गरेपछि आफन्त लिएर अस्पताल पुगेका थिए ।

स्थानीयका अनुसार सुधारगृहमा विभिन्न समयमा होहल्ला हुने गरेको छ । उनीहरूका अनुसार नियमित बालबालिकाहरु बिरामी परेको देखिने गरेका छन् ।