एनआरएनए केन्द्रमा मलेसियाबाट उपाध्यक्षमा न्यौपाने र एसिया प्यासिफिक संयोजकमा भट्टराई सिफारिस

everest kitchen

मलेसिया । गैंर आवासीय नेपाली संघ मलेसिया शाखाले अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीस्ीको) को लागि उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासिफिक संयोजकमा हरि भट्टराईको नाम सिफारिस गरेको छ ।
यहि सेप्टेम्बर १५ देखि १७ तारिखसम्म चल्ने ११ एनआरएनए केन्द्रको ११ औं महाधिवेशनको लागि मलेसियाबाट दुई जनाको नाम सिफारिस भएको हो ।
यहि आइतबार एनआरएनए मलेसियाको बैठकबाट दुई जनाको नाम पारित भएपछि केन्द्रिय निर्वाचनको लागि उपाध्यक्षका उम्मेदवार खगेन्द्र न्यौपाने र एसिया प्यासिफिक संयोजक उम्मेदवार हरि भट्टराईलाई शाखाले शूभकामना ब्यक्त गरेको थियो ।