किरात राई यायोक्खा शाखा मलेसियामा तेजकूमार राईको नेतृत्वमा नयाँ समिति गठन

everest kitchen

मलेसिया । किरात राई यायोख्खा शाखा मलेसियाको अध्यक्षमा तेजकूमार राई मनोनित भएका छन् ।
यहि आइतबार मलेसिया स्थित क्वालालम्पुरमा रहेको जनजाति महासंघ मलेसियाको कार्यलयमा सम्पन्न किरात राई यायोक्खाको साधारण सभाले राईलाई अध्यक्षमा मनोनित गरेको हो ।

त्यसै गरि समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा केवल राई र डम्बर राई, सचिवमा यज्ञ कुमार राई, सह–सचिवमा सन्तोष राई, कोषाध्यक्षमा रिजन राई चयन भएका हुन भने सदस्यहरुमा सदस्यहरुमा क्रमशः रामकुमार राई, रोमि राई, र मुकेश राई चयन भएका छन् । नयाँ कार्य समितिको सल्लाहकारहरुमा युवराज राई, बिपिन राई, बल बहादुर राईलाई चयन गरिएको छ ।
किरात राई यायोक्खाका निवर्तमान अध्यक्ष युवराज राईले राजिनामा दिएपछि संस्था निस्कृय भएको अवस्थामा साधारण सभाद्वारा नयाँ समिति चयन गरिएको हो ।