श्रीमती चढेको गाडी प्रहरीले रोकेपछि सिंहदरबार जलाउने मेयर शाहको धम्की

everest kitchen

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्।

स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालेन पत्नी चढेको सरकार नम्बर प्लेटको सरकारी गाडी बालकुमारीबाट कोटेश्वरतिर तीव्र रफ्तारमा आएपछि रोकेर सोधपुछ गरिएको थियो ।

ड्युटीमा रहेका ट्राफिक प्रहरीले ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेपछि काठमाडौं महानगरको गाडी रोक्नुपर्ने के कारण छ भन्दै चालक रिसाएको बताएको छ ।

लगत्तै मेयर शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्।

उनले लेखेका छन् ‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार!,’ मेयर शाहले शनिबार राति नै सामाजिक सञ्जालमा लेखेको उक्त स्टाटसले य१ समाचार तयार पार्दासम्म ३ लाख ८ हजार लाईक, ९३ हजार प्रतिक्रिया र ३७ हजार शेर भएको छ ।