बालेन शाह र पत्नी सविना काफ्लेलाई पुत्रीलाभ

everest kitchen

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले दुई छोरीलाई एकसाता अघिनै जन्म दिएकी हुन्, भने एक छोरी निधन भईसकेको बताएको छ ।बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो ।

शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका थिए ।

स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालेन पत्नी चढेको सरकार नम्बर प्लेटको सरकारी गाडी बालकुमारीबाट कोटेश्वरतिर तीव्र रफ्तारमा आएपछि रोकेर सोधपुछ गरिएको थियो । लगत्तै मेयर शाहले वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका थिए ।

उनले लेखेका छन् ‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार!,’ मेयर शाहले शनिबार राति नै सामाजिक सञ्जालमा लेखेको उक्त स्टाटसले य१ समाचार तयार पार्दासम्म ३ लाख ८ हजार लाईक, ९३ हजार प्रतिक्रिया र ३७ हजार शेर भएको छ ।सम्पादित