वडाअध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौंमा आज शोक विदा

everest kitchen

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ ।

महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने उल्लेख छ ।

वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । रिजालको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।