एमाले उपाध्यक्ष सुवास नेम्वाङको एक्कासि निधन

everest kitchen

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताएको छ ।

नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।