मलेसियामा तिजविशेष कार्यक्रम हुँदै

everest kitchen

मलेसिया । गैर आवासिय नेपाली संघ एन आर एन ए मलेसियाले नेपाली हिन्दु नारीहरुकाे महान चाड हरितालिका तिजकाे अवसर पारेर मलेसिया रहेका विशेष गरि महिला दिदिबहिनी हरुको लागि तिज विशेष कार्यक्रम गर्ने भएकाे छ।

मलेसिया रहेका नेपाली महिला दिदिबहिनी हरुको माइती संस्था गैर आवासिय नेपाली संघ रहेको र महिला दिदिबहिनी हरुले माइतीको आभास गर्न सकुन र महिला दिदिबहिनी हरुका समस्या खुलेर राख्न सकुन,
भन्ने उदेश्यले संघले तिज बिशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

कोभिडका कारण गत बर्ष कार्यक्रम हुन नसकेता पनि एसियालि अन्य देशहरु संघले मलेसियामा पहिले पनि तिज विशेष कार्यक्रम गर्दै आएको थियो । जसबाट महिला दिदिबहिनीहरुमा ससक्तिकरण बढदै जाने आफ्ना समस्य खुलेर राख्न सक्ने र संघमा महिला दिदिबहिनी हरु पनि समेटिनुपर्छ भन्ने मनोभाव बडेर जाने विश्वास संघले लिएको कार्यक्रम संयोजक तथा एनआरएनए एसिया प्यासिफिक संयोजक हरि भट्टराईले बताए।

यहि आउदाे १७ सेप्टेम्बर आईतबारका दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्र्याण्ड कण्टिनेन्टलमा हुने उक्त शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा मनोरंजन दिलाउन गायिका तथा नृत्यङ्गना सम्झना तामाङ , मोडल अनु पराजुली , गायिका भवाना आचार्य र नृत्यङ्गना जुना कार्की लाई,रीया मनि ट्रान्सफर र एक्रोस ट्राभल को प्रायोजनमाण आमन्त्रण गरिएको
कार्यक्रम आयोजक तथा गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले जानकारी दिए ।