इजरायलमा १० नेपालीको निधन, रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

everest kitchen

 

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ ।

दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १० जनाको मृत्यु भएको जनाइएको छ तीन जना उपचाररत, तीन जना सकुल र एक जना सम्पर्कविहीन रहेको दूतावसले जनाएको छ ।

दूतावसले हाल आफू रहेकै ठाउॅमा सुरक्षित रहॅदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन समेत  सबैलाई आह्वान गरेको छ ।