एनआरएनए सम्मेलन: थोरै बोल्ने धेरै गर्नुछ- रोबिन शेरचन

everest kitchen

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार रोबिन शेरचनले थोरै बोल्ने धेरै गर्ने गरि उम्मेदवारी दिएको बताएका छन ।

३५ बर्षदेखि जापानमा बस्दै आएका शेरचनले जापानमा मात्रै रहेर काम गरेकोमा अब ग्लोबल रुपमा काम गर्न उम्मेदवारी दिएको बताउँछन् ।

यस्ता छन् उनका केही एजेन्डाहरु

-एनआरएनएको गरिमा उच्च कायम राख्दै जनमैत्री, प्रविधिमैत्री, सर्वसुलभ पहुँच र परिणाममुखी बनाउनका लागि हालको पद्धतिलाई रूपान्तरण गरी प्रभावकारी कार्य योजनाका साथ अगाडि बढाईनेछ।

– नेपालमा भित्रिने रेमिटेन्स रकम अधिकांश उपभोग्य बस्तुमा खर्च हुने ड्डगरेको छ । यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने ।

– लगानीको सुरक्षाको ग्यारेन्टी हुने गरी ठुला मात्र नभई साना तथा मझौला आय भएका गैर आवासीय नेपालीलाई पनि विभिन्न ड्ड आयोजनाहरुमा सहभागी गराई लगानी अभिवृद्धि गर्ने कार्य प्रारम्भ गरिने ।

–परदेशमा श्रम गरिरहेका, विभिन्न किसिमका कठिनाइ भोगिरहेका पीडित गैर आवासीय नेपालीहरूका लागि एउटा सामूहिक अक्षय कोषको स्थापना गरी राहत महसुस हुने गरी कार्य प्रारम्भ गरिनेछ ।

–एनआरएनएको घेराभन्दा बाहिर रहेको बौद्धिक, सीपयुक्त, युवा, दोस्रो पुस्ता लगायतको जनशक्तिलाई संस्थाको परिधिभित्र ल्याई सक्षम जनशक्ति र उच्च प्रविधिलाई नेपालमा भित्र्याउने अवसर सृजना गरी राष्ट्रको अर्थतन्त्र र विकासलाई सहयोग पु-याउने ।