चितुवाको छाला र ६ किलो चरेससंगै प्रहरी हवल्दारसहित ३ जना पक्राउ

everest kitchen

काठमाडौं । कैलालीको धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र हेमराज जोशी छन् ।

आरोपितहरुको साथबाट १ फिट १० इन्च लामो चितुवाको छाला र ६ किलो ७४० ग्राम लागुऔषध चरेश बरामद गरिएको जिप्रका कैलालीका प्रवक्ता (डिएसपी) कुलदिप चन्दले रातोपाटीलाई बताए । आरोपितहरुले चरेश प्रतिकेजी ५० हजार र चितुवाको छाला प्रतिफट ५० हजारको दरले बेच्नका लागी ‘डिल’ गरेका थिए ।

किनबेच भइरहेको सूचना पाएपछि होटलमा छापा मारेर पक्राउ गरिएको डिएसपी चन्दले जानकारी दिए । वडा प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर जनकराज ढुंगना नेतृत्वको टिमले सो अपरेशनको कमाण्ड गरेका हुन् ।