२५ प्रतिशत घरपरिवार बैंकको ऋणी

everest kitchen
photo file

काठमाडौं । गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् ।

नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव २६ प्रतिशत घर खाली अवस्थामा रहेको हो ।

बिनाअध्ययन र प्रयोजन बैंकसँग कर्जा लिएर र भूकम्पपछि सरकारसँग अनुदान लिएर घर बनाउँदा अनुत्पादक क्षेत्रमा पैसा खनिएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को क्रममा गरिएको घरपरिवार सर्वेक्षणको सोमबार सार्वजनिक भएको प्रतिवेदनले नेपालका कुल २५ प्रतिशत जनता ऋणमा परेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म (१५ दिन) प्रत्येक व्यक्ति तथा परिवार’ विस्तृत विवरण संकलन गरेको थियो ।

सार्वजनिक गरिएको नतिजाअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले घर रहेका छन् । २८ दशमलव ७८ प्रतिशत २ तले, ९ दशमलव १७ प्रतिशत ३ तल्ले र १ दशमलव ३ प्रतिशत चारतले पाइएको छ । शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले शून्य दशमलव शून्य १ प्रतिशतदेखि नौ तले ० दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका छन् ।

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात २ दशमलव ३४ प्रतिशत रहेको छ ।

नेपालका कुल घरमध्ये ७१ प्रतिशत आवासीय, ३ प्रतिशत व्यापारिक, शून्य दशमलव ३७ प्रतिशत सरकारी, १ दशमलव १२ शैक्षिक, शून्य दशमलव २० प्रतिशत स्वास्थ्यसम्बन्धी रहेका छन् । राजधानीदैनिक