त्रिवेणीमा पहिलोपटक फुटबल प्रतियोगिता

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पहिलोपटक फुटबल प्रतियोगिता आयोजना भएको छ ।
“त्रिवेणी युथ क्लब” को आयोजनामा पहिलोपटक विबिध कार्यक्रमसहित फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा रुकुम, सल्यान र दाङ लगायतका जिल्लाबाट २० वटा समुहले खेलकुदमा भाग लिएको आयोजकले जनाएको छ । मैदान अभावमा खेललाई सेभेन साईड टुनामेन्टको रुपमा सञ्चालन गरिएको छ ।

कार्तिक १२ गतेबाट सुरु गरिएको प्रतियोगितामा हालसम्म क्वाटरफाइनलसम्मका खेलहरु सम्पन्न भएका छन् । कार्तिक पन्ध्रमा नै सम्पुर्ण खेलहरु सम्पन्न गर्ने क्लबका अध्यक्ष भुपेन्द्र खडकाले जानकारी दिए ।