नवनिर्वाचित एनआरएनए एसिया प्यासिफिक संयोजक भट्टराईलाई मलेसियामा स्वागत

everest kitchen

क्वालालम्पुर । गैरआवासीय नेपाली संघको हालै सम्पन्न निर्वाचनमा निर्वाचित एसिया प्यासिफिक क्षत्रीय संयोजक हरी भट्टराईलाई मलेसियामा स्वागत गरिएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय सम्मन्वय परिषदको निर्बाचनमा एसिया प्यासिफिक क्षत्रीय संयोजक (आरसी) पदमा भारी मतका साथ निर्बाचित भएका भट्टराईलाई एनसिसि मलेसियाले क्वालालम्पुर विमानस्थलमा स्वागत गरेको हो ।

भट्टराई गत १७ अक्टोबर देखि २० अक्टोबर सम्म काठमाडौ स्थित सोल्टी होटलमा सम्पन्न सम्मेलनबाट निर्वाचित भएका थिए । उनले मलेसियामा लामो समयदेखि व्यवसाय गर्दै आएका छन् ।

भट्टराईलाई एनसीसी मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा, मलेसियामा पर्यटन प्रबर्द्धनदुत “टुरिजम गुडविल एम्बेसडर नेत्र केसी” व्यावसायी टेक टमाटा, सुरेस देबकोटा लगायत मलेसियामा सक्रिय पत्रकारको उपस्थितिमा स्वागत गरिएको थियोे ।

भट्टराई केही दिनको लागि व्यावसायीक प्रायोजन र आफुलाइ निर्बाचि गराउन महत्त्वपूर्ण भुमिका खेलेको एनसिसि मलेसियालाई सम्बोधन गर्न मलेसिया पुगेको बताएको छ ।