नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखाले भुकम्प पीडितलाई सहयोग गर्ने

everest kitchen

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्पमा परि पीडित भएका परिवारलाई सहयोग गर्ने भएको छ ।
महासंघले एक बिज्ञप्ति जारी गर्दै अन्य संघ संस्थालाई पनि सहयोगको लागि अपिल गरेको छ ।
मलेसियामा रहेका संघ संस्थाहरुमा एनआरएनए मलेसिया र प्रवासी नेपाली मञ्चले पनि सहयोगको प्रतिबद्धता जाहेर गरिसकेका छन् । मलेसियामा रहेका सबै संघ संस्थाहरु एकजुट भएर सहयोग गर्ने बिषयमा पनि छलफल चलिरहेको महासंघका एक पदाधिकारीले बताए ।