काग तिहार

everest kitchen

काठमाडौं । आज यमपञ्चकको पहिलो दिन । यमदूत मानिने कागको पूजा गरी आज काग तिहार मनाइँदै छ ।

आजको दिन कागको पूजा गरी मिठो खानेकुरा दिने गरिन्छ । कागलाई दही र भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । काग तिहारका अवसरमा आज काठमाडौंको कागेश्वरीमा मेला आयोजना गरिएको छ ।

कार्तिक त्रयोदशी तिथि परेकोले आज बेलुकी यम दीप दान सुरु गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमपञ्चकमा यम दीप दान गरेमा यमयातनाबाट मुक्ति पाइने मान्यता पनि छ । तिथिका कारण धनतरेस पर्व आज पनि मनाइँदै छ ।

भोलि बिहान कुकुर तिहार र लक्ष्मीपूजा भोलि नै साँझ मनाउनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

काग तिहारसँगै नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ ।